काठमाडौंको सडकमा करिव डेढ कराेड पर्ने ईभी अवतार ११

काठमाडौंको सडकमा करिव डेढ कराेड पर्ने ईभी अवतार ११

केन्द्रबिन्दु
126
Shares

काठमाडाैं । काठमाडौंको सडकमा करिव डेढ कराेड मूल्य पर्ने प्रिमियम ईभी अवतार ११ देखिएको छ । औपचारिक लन्च हुन बाँकी उक्त कारको मूल्य भने सार्वजनिक पहिले नै सार्वजनिक भइसकेको छ । यसको मूल्य १ करोड ४५ लाख रुपैयाँ तोकिएको छ ।

अन्तर्राष्ट्रिय स्तरमै हुवावे, चांगान र सीएटीएलको संयुक्त परियोजना भएको सो कार नेपाली बजारमा समेत सीजी ग्रुप अन्तर्गतको सीजी इभोलुसनका साथै चांगान गाडी बिक्री–वितरण गरिरहेको एमएडब्लु ग्रुप अन्तर्गतको एमएडब्लु राइडले समेत यसको बिक्री–वितरण गर्ने बताइएको छ ।

सो गाडी आगामी नाडा अटो शो २०२४ मा सोकेश गरिने कम्पनीको भनाइ छ । इलेक्ट्रिक भेइकल टेक्नोलोजी र डिजाइनका लागि एक कदम अगाडि बढेको मानिने सो ईभी चांगान अटोमोबाइल, सीएटीएल ब्याट्री र हुवावे टेक्नोलोजीको रणनीतिक सहकार्यबाट उत्पादन भएको उत्कृष्ट उत्पादन मानिन्छ ।

विभिन्न फरक र विशेष विशेषताका कारण अवतार ११ ले नेपाली बजारमा पनि फरक पहिचान कायम गर्ने कम्पनीको भनाइ छ । यसमा भएका विभिन्न विशेषता यस प्रकार रहेका छन् ।

अत्याधुनिक ब्याट्री प्रविधि – विश्वकै प्रतिष्ठित ब्याट्री निर्माता कम्पनी सीएटीएलको सहकार्यमा विकास गरिएको ब्याट्री प्रयोग भएको अवतार ११ ले रेन्ज, पर्फमेन्स र गाडीको आयु बढाउनमा भूमिका खेल्छ ।

इनोभेटिभ डिजाइन – अटोमोटिभ डिजाइनमा विशेषज्ञ मानिने चांगान अटोमोबाइलले डिजाइन गरेको अवतार ११ को स्लिक र एरोडाइनामिक एक्सटेरियरले एस्थेटिक अपिल र फङसनल इफिसियन्सी दुवै बढाएको छ ।

एड्भान्स्ड कनेक्टिभिटी – हुवावेद्वारा विकास गरिएको एड्भान्स्ड कनेक्टिभिटी सोलुसनले स्मार्ट डिभाइस, रियल टाइम नेभिगेसन र इन्टेलिजेन्ट ड्राइभिङ असिस्टेन्सलाई एउटै गाडीमा एकीकृत गरेको छ ।

सस्टेनेबल परफर्मेन्स – सबै इलेक्ट्रिक सवारी साधनले वातावरणीय प्रभाव कम गर्नका लागि दिगोपनामा ध्यान दिने बताउछन् । तर अवतार ११ ले यो भन्दा एक कदम अगाडि बढेर ड्राइभिङ एक्सपेरियन्स र सेफ्टीमा कुनै सम्झौता नगरुी वातावरणीय प्रभाव कम गर्नका लागि विभिन्न कार्य गरेको कम्पनीको भनाइ छ ।

स्मार्ट कनेक्टिभिटी – दैनिक जीवनलाई जोडेर अवतार ११ ले हुवावे टेक्नोलोजीको प्रविधिको सहयोगले विभिन्न इन्टेलिजेन्ट फिचरका साथ कनेक्टिभिटीलाई पुनःपरिभाषित गरेको छ । इन–कार अर्थात कार भित्र हुने विभिन्न अनुभवलाई व्यक्तिमा केन्द्रित गर्नका लागि नेभिगेसनलाई अझै परिस्कृत गरिएको छ ।

Logo