मौद्रिक नीति सकारात्मक छ, अर्थतन्त्र चलायमान बनाउन मद्दत पुर्याउँछ अध्यक्ष: ढकाल

मौद्रिक नीति सकारात्मक छ, अर्थतन्त्र चलायमान बनाउन मद्दत पुर्याउँछ अध्यक्ष: ढकाल

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र चलायमान बनाउन मद्दत पुर्याउने तरिकाले मौद्रिक नीति आएको बताएका छन् । शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति सार्वजनिक गरेपश्चात् उनले प्रारम्भिक प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

उनले १२.५ प्रतिशतको निजी क्षेत्रमा कर्जा बिस्तार गर्ने लक्ष्य सकारात्मक रहेको बताउँदै निर्माण व्यवसायीहरूको समस्यालाई मौद्रिक नीतिमार्फत सम्बोधन गरेको भन्दै मौद्रिक नीति स्वागत योग्य रहेको पनि बताए ।

‘१२.५ प्रतिशतको निजी क्षेत्रमा कर्जा बिस्तार गर्ने लक्ष्य राखेको छ, निर्माण व्यवसायीहरूको समस्यालाई मौद्रिक नीतिमार्फत सम्बोधन गरेको देखियो, बैंकको असल कर्जा गणना गर्ने प्रक्रिया ६ महिनासम्म भनेको थियो, ‘उनले भने, ‘त्यसले बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा लिने ऋणहरूको लागि सहजीकरण गर्ने देखिन्छ, विदेशी विनिमय सञ्चिति ७ महिनाको आयात धान्नसक्ने लक्ष्य राखेको छ ।’ बैंकको असल कर्जा गणना गर्ने प्रक्रिया ६ महिनासम्म बनाउनु बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा लिने ऋणहरूको लागि सहजीकरण गर्नु राम्रो पक्ष रहेको उनको धारणा छ । मौद्रिक नीतिले बैंकहरुको कर्जा बिस्तार गराउने र माग बढाउन सहयोग पुग्ने उनले बताए ।

‘निजी क्षेत्रले उठाउँदै आएको चालु पुँजीकर्जा मार्ग निर्देशन परिमार्जन गर्ने भनिएको छ, मौद्रिक नीतिले सकारात्मक देखिएको छ, शेयर बजारमा संस्थागत कर्जाको सीमा खारेज गरेको छ, त्यसले पनि मौद्रिक नीति सकारात्मक छ, निर्माण क्षेत्रको समस्याले समग्र अर्थतन्त्रमा असर बनाएको थियो, त्यसलाई मौद्रिक नीतिले सम्बोधन गरेको छ,’ उनले भने ।

मौद्रिक नीतिले महासंघले दिएका सुझावलाई सम्बोधन गर्न खोजेको अध्यक्ष ढकालले बताउँदै मौद्रिक नीतिमा व्यवस्था भएका व्यवस्थाहरू सर्कुलरमा नआउने गरेको बताए । जसको लागि सर्कुलरमा पनि त्यहीअनुसार आउनु पर्ने बताए । ‘मौद्रिक नीतिले मात्रै निजी क्षेत्रको आत्मबल बढाउने होइन, सरकारको स्थिर नीति लगायत स्थिर सरकारले फरक पर्छ, मौद्रिक नीति सहज आएको छ, त्यसले केही हदसम्म निजी क्षेत्रको आत्मबल बढाउन सहयोग पु-याउँछ’ उनले भने ।

Logo