एक हजार रुपैयाँले बढ्यो सुन

एक हजार रुपैयाँले बढ्यो सुन

केन्द्रबिन्दु
140
Shares

काठमाडौँ । साताको पहिलो कारोवारको दिन नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन एक हजार रुपैयाँले बढेको हो ।

शुक्रबार प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज १ हजार रुपैयाँले बढेर १ लाख ४५ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको छ । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा १ हजार ७ सय ३० रुपैयाँमा कारोवार भएको चाँदी आज १० रुपैयाँले बढेर १ हजार ७ सय ४० रुपैयाँमा कारोवार भइरहेको छ ।

Logo