राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल, भट्टलाई अनुसन्धान विभागको जिम्मेवारी

राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल, भट्टलाई अनुसन्धान विभागको जिम्मेवारी

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकको प्रवक्तामा कार्यकारी निर्देशक रामु पौडेल आएका छन् । अर्थशास्त्रमा एमफिल र व्यवस्थापनमा स्नातकोत्तर (एमबीए) गरेका पौडेललाई साउन १४ गतेदेखि लागू हुनेगरी गभर्नर महाप्रसाद अधिकारीले प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

पौडेल हाल राष्ट्र बैंकको सुपरीवेक्षण विभागमा कार्यकारी निर्देशक छन् । यससँगै यसअघि प्रवक्ताको जिम्मेवारीमा रहेका कार्यकारी निर्देशक डा.गुणाकर भट्टलाई अनुसन्धान विभाग खटाइएको छ ।

Logo