तनहुँमा एक वर्षमा ७ सय ७१ उद्योग दर्ता, १ हजारबढीको नवीकरण

तनहुँमा एक वर्षमा ७ सय ७१ उद्योग दर्ता, १ हजारबढीको नवीकरण

केन्द्रबिन्दु
28
Shares

तनहुँ । आर्थिक वर्ष २०८०-८१ मा तनहुँमा ७ सय ७१ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा उद्योगतर्फ ३ सय ९८ र वाणिज्यतर्फ ३ सय ७३ उद्योग दर्ता भएका हुन् । सोही आवमा १ हजार १ सय ३७ उद्योग नवीकरण भएका छन् ।

उक्त कार्यालय प्रमुख दुर्गाराज सुवेदीका अनुसार सोही आवमा २ सय ६२ उद्योग बन्द भएका छन् । त्यस अवधिमा वाणिज्यतर्फ ८ सय १७ नवीकरण र २ सय ७० फार्म बन्द भएका हुन् । आव २०७९-८० मा जिल्लामा ६ सय ३ उद्योग दर्ता भएका थिए । सो आवमा ५१ लाख २१ हजार आठ सय राजस्व सङ्कलन भएको छ । आव २०७९-८० मा ६६ लाख ४ हजार १ सय ६५ राजस्व सङ्कलन भएको थियो ।

Logo