निजी क्षेत्रलाई समेटेर विद्युत् विधेयक पारित गर्न माग

निजी क्षेत्रलाई समेटेर विद्युत् विधेयक पारित गर्न माग

केन्द्रबिन्दु
28
Shares

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले समृद्धिको आधारका रूपमा ऊर्जा क्षेत्रलाई लिँदै निजी क्षेत्रका सवाललाई कानून र नीतिमा समावेश गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष माग गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा इपानका अध्यक्ष गणेश कार्की नेतृत्वको प्रमण्डलले शुक्रबार प्रधानमन्त्री ओलीलाई भेटेर संसद्मा विचाराधीन विद्युत् विधेयक, २०८० लाई निजी क्षेत्रका सवालहरू समेटेर पारित गराउन माग गरेको हो ।

प्रस्तावित विधेयकमा भएको प्रतिस्पर्धाको प्रावधानले निजी क्षेत्रको ढोका बन्द गरी उनीहरूसँग रहेका करीब ३० हजार मेगावाट क्षमताका आयोजनाहरू स्वतः खारेज हुने र ती आयोजना विदेशीको हातमा जाने गुनासो गरेका हुन् ।

संस्थाले पाइपलाइनमा रहेका १३ हजार मेगावाट क्षमताका आयोेजनाहरूको छिटो विद्युत व्यापार सम्झौता (पीपीए) खुला गराउन पनि माग गरेको छ ।

Logo