स्टान्डर्ड चार्टर्ड बैंकको नाफा साढे ४ प्रतिशत घट्यो

स्टान्डर्ड चार्टर्ड बैंकको नाफा साढे ४ प्रतिशत घट्यो

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । स्टान्डर्ड चार्टर्ड बैंकको खुद नाफा ४.५ प्रतिशत घटेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणमा बैंकको नाफा घटेको देखिएको हो ।

कम्पनीले गत आर्थिक वर्षमा ३ अर्ब ३० करोड ८९ लाख रुपैयाँ नाफा कमाएको छ । जबकि अघिल्लो आर्थिक वर्षमा बैंकले ३ अर्ब ४६ करोड ५३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकले गत आर्थिक वर्ष ५ अर्ब १५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष बैंकको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ७५ पैसा रहेकोमा अहिले ३५ रुपैयाँ ९ पैसामा झरेको छ । प्रतिसेयर नेटवर्थ २१८ रुपैयाँ छ । आधार दर जम्मा ६.६ प्रतिशत छ ।

Logo