सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्ने घट्दै

सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्ने घट्दै

केन्द्रबिन्दु
112
Shares

काठमाडौँ । वैदेशिक रोजगारीमा गएकाहरू सामाजिक सुरक्षा कोषमा आबद्ध भए पनि त्यसलाई निरन्तरता नदिएको पाइएको छ । कोषका अनुसार कोषमा योगदान गरेर वैदेशिक रोजगारीमा गएकामध्ये दुई÷तीन प्रतिशतले मात्रै निरन्तरता दिएका छन् ।

श्रम स्वीकृति लिएर जानेको सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेको संख्या १० लाख नाघेको छ । कोषमा हाल जम्मा भएको रकम हेर्दा पनि कसैले पनि एक पटकभन्दा बढी रकम जम्मा नगरेको तथ्यांकले देखाउँछ । कोषमा दुई अर्ब ३२ करोड ७१ लाख ५१ हजार रकम जम्मा भएको देखिन्छ ।

कोषका अनुसार कोषको योजनामा हालसम्म १५ लाख ११ हजार ८०५ जना आबद्ध छन् । जसमा वैदेशिक रोजगारीमा जानेको संख्या १० लाख ११ हजार ८०५ जना रहेको छ भने औपचारिक क्षेत्रका पाँच लाख १६ हजार ७७७ जना आबद्ध भएका छन् ।

तर कोषमा हाल जम्मा भएको रकम हेर्दा कसैले पनि एक पटकभन्दा बढी रकम जम्मा नगरेको तथ्यांकले देखाएको छ । वैदेशिक रोजगारीमा जानेलाई यसको फाइदाबारेमा जानकारी दिन नसकेकाले पनि यसमा निरन्तरतामा समस्या भएको हुन सक्ने कोषले जनाएको छ । तर अब यसलाई अभियानकै रूपमा अघि बढाउन लैजान विभिन्न कार्यक्रम अगाडि सारिएको कोषले जनाएको छ ।

वैदेशिक रोजगारीमा नयाँ जाने श्रमिक श्रम स्वीकृतिपूर्व कोषको योजनामा अनिवार्य आबद्ध हुने गरेका छन् । वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका र विदेशमा रहेका श्रमिकले श्रम स्वीकृति लिने बेला, श्रम स्वीकृति नवीकरण गर्ने बेलामा योजनामा समावेश हुनसक्ने भनिएको छ ।

Logo