पानी परेका बेला विद्युतीय कार चार्ज गर्दा कुन-कुन कुरामा ध्यान दिने ?

पानी परेका बेला विद्युतीय कार चार्ज गर्दा कुन-कुन कुरामा ध्यान दिने ?

केन्द्रबिन्दु
406
Shares

काठमाडौँ । नेपालमा मनसुन भित्रिएपछि देशका विभिन्न ठाउँमा भारी वर्षा भइरहेको छ । पछिल्लो समयमा विद्युतीय सवारी साधनको माग पनि बढ्दो छ । नेपालमा आयात हुने विद्युतीय गाडी प्राय: धुलो, पानी तथा हिलोमा जोखिम नै हुन्छ । इलेक्ट्रिक कारले मनसुन थेग्न सक्छ कि सक्दैन भन्ने बारे धेरैलाई जानकारी छैन । इभी कारको ब्याट्री वाटरप्रुफ बनाइएको हुन्छ । तर पनि पानीले ब्याट्रीमा नराम्रो असर पर्न सक्छ ।

मनसुनमा विद्युतीय सवारी साधन वा इलेक्ट्रिक कारलाई कतिको जोखिम हुन्छ ? वर्षाको समयमा विद्युतीय कार प्रयोग गर्नुहुन्छ भने सबैभन्दा ठूलो समस्या ईभी चार्जमा हुन सक्छ । मनसुनमा इलेक्ट्रिक कार चार्ज गर्दा केही कुरामा ध्यान दिनुपर्छ ।

ईभी कार निर्माण गर्दा कम्पनीले यसको सुरक्षालाई विशेष ध्यानमा राखेको हुन्छ । तर वर्षाको समयमा चार्ज गर्दा लापरबाही भने गर्नु हुँदैन ।

मनसुनमा सकेसम्म पानी नभएको ठाउँमा गाडी चार्ज गर्ने प्रयास गर्नुपर्छ । वर्षाको समयमा करेन्टको जोखिम पनि बढेको हुन्छ । यस्तो अवस्थामा कारलाई ठूलो क्षति हुन सक्ने सम्भावना भएको हुनाले सुरक्षित ठाउँमा गाडी चार्ज गर्ने प्रयास गर्नुपर्छ ।

मौसम धेरै खराब भएको अवस्था र खुला ठाउँमा कार पार्क गरिएकमा कारलाई चार्ज गर्दा विशेष सावधानी अपनाउनु पर्ने हुन्छ । विद्युतीय सवारीसाधनको ब्याट्रीलाई स्लो चार्जिङ, फास्ट चार्जिङ र र्‍यापिड चार्जिङ गरी तीन तरिकाले चार्ज गर्न सकिन्छ । विद्युतीय गाडी प्रयोगकर्ताहरूले सकेसम्म स्लो चार्जिङ गर्ने प्रयास गर्नुपर्छ । र्‍यापिड चार्ज गर्दा ब्याट्री तात्तिनेदेखि ब्याट्रीको आयु कम हुँदै जाने हुन्छ ।

कारलाई कहिले पनि बढी चार्ज गर्नु हुँदैन । यसो गर्दा ब्याट्रीमा नराम्रो असर पर्नुका साथै खतरा पनि बढ्छ । यसका साथै गाडी चलाउँदा तुरुन्तै कार चार्जमा राख्नु हुँदैन । किनभने ड्राइभिङको समयमा कारको ब्याट्रीको तापक्रम बढी भएको हुन्छ र ड्राइभिङ लगत्तै चार्जमा राख्दा ओभर चार्जिङका कारण आगो लाग्ने जोखिम बढ्न सक्छ । त्यसकारण ब्याट्रीको सुरक्षालाई उपभोक्ताले ध्यानमा राख्नुपर्ने हुन्छ ।

Logo