सात लाख मूल्य बराबरको चिनीसहित मिनी ट्रक प्रहरी नियन्त्रणमा

सात लाख मूल्य बराबरको चिनीसहित मिनी ट्रक प्रहरी नियन्त्रणमा

केन्द्रबिन्दु
126
Shares

सर्लाही । सर्लाहीमा प्रहरीले सात लाख बराबरको १० टन चिनीसहित मिनी ट्रक नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय केश्वरगञ्जको टोलीले ईश्वरपुर नगरपालिका–५, सखुवनी टोलबाट चिनीसहितको मिनी ट्रक पक्राउ गरेको हो ।

बयलवासबाट सिन्धुलीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १६०० नम्बरको ट्रक जाँच गर्दा बिलविजकमा कैफियत देखिएपछि नियन्त्रण लिइएको प्रहरी नायब उपरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिए । ट्रकमा ५० किलोग्रामका दुई सय बोरा चिनी रहेका प्रहरीले जनाएको छ ।

ट्रक चालक ताप्लेजुङ जिल्लाको आठराइ त्रिवेणी गाउँपालिका–२, निवासी ३७ वर्षका झलक लिम्बूलाई नियन्त्रण लिई आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय मलङ्गवामा पठाएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।

Logo