सूर्यज्योति लाइफ इन्स्योरेन्सको वित्तीय विवरणमा व्यापक प्रगति, कति बढ्यो नाफा ?

सूर्यज्योति लाइफ इन्स्योरेन्सको वित्तीय विवरणमा व्यापक प्रगति, कति बढ्यो नाफा ?

केन्द्रबिन्दु
112
Shares

काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा व्यापक प्रगति गर्दै ३९ करोड ६५ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो वर्ष यस्तो नाफा १६ करोड ११ लाख ७३ हजार रुपैयाँ मात्रै कमाएको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्षको यो नाफा १४६.०३ प्रतिशतले बढेको हो ।

अघिल्लो वर्ष २७ अर्ब २९ करोड ९३ लाख १७ हजार रुपैयाँ रहेको कम्पनीको जीवन बीमा कोषको आकार गत वर्ष २३.२२ प्रतिशतले बढेर ३३ अर्ब ६३ करोड ७५ लाख ८४ हजार रुपैयाँ पुगेको छ । यसैगरी कम्पनीले गत वर्ष बीमितहरूलाई ४ अर्ब २७ करोड ५५ लाख ११ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । जुन अघिल्लो वर्ष ३ अर्ब ८६ करोड ८८ लाख ३६ हजार रुपैयाँ रहेको थियो ।

अघिल्लो वर्ष कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) ३.५५ रुपैयाँ रहेकोमा गत वर्ष यो बढेर ८.७२ रुपैयाँ पुगेको छ । प्रतिशेयर नेटवर्थ १३०.५६ रुपैयाँ, पीई अनुपात ४९.२८ प्रतिशत र सोल्भेन्सी रेसियो ३ प्रतिशत छ ।

यस्तै, अघिल्लो वर्ष ७ अर्ब ३४ करोड ३ लाख ३० हजार रुपैयाँ रहेको कम्पनीको कूल बीमाशुल्क २९.०८ प्रतिशतले बढेर गत वर्ष ९ अर्ब ४७ करोड ४ लाख ८५ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष २ अर्ब ५ करोड ६७ लाख ४१ हजार रुपैयाँको दाबी भुक्तानी गरेको कम्पनीले गत वर्ष ४ अर्ब ५ करोड ८० लाख ८५ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । जुन ९७.३१ प्रतिशतले बढेको हो ।

गत वर्ष कम्पनीको चुक्ता पूँजी १०.२६ प्रतिशतले बढेर ५ अर्ब १ करोड १९ लाख ४७ हजार रुपैयाँ पुगेको छ ।

Logo