हुण्डाईले ल्यायो ‘टेस्ट ड्राइभ एण्ड वीन’ क्याम्पेन

हुण्डाईले ल्यायो ‘टेस्ट ड्राइभ एण्ड वीन’ क्याम्पेन

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ । हुण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘‘टेस्ट ड्राइभ एण्ड वीन’ क्याम्पेन ल्याएको छ । जसअन्तर्गत ग्राहकहरूले हुण्डाईको नेपालभर रहेका कुनै पनि सोरुममा गई हुण्डाई गाडीको लाइनअपहरू मध्येबाट भर्खरै लन्च गरिएको नयाँ हुण्डाई क्रेटा र मेड इन नेपाल हुण्डाई भेन्यु टेस्ट ड्राइभ गर्न सक्नेछन् ।

प्रत्येक टेस्ट ड्राइभमा सहभागीहरूलाई हात खाली नहुने गरी आकर्षक उपहारहरू राखिएको छ । यस्तै साप्ताहिक विजेताहरूले माइक्रोवेभ ओभन र बम्पर बिजेताले रेफ्रिजरेटर प्राप्त गर्नेछन्। यो क्याम्पेन दुई साता चल्ने कम्पनीले जानकारी दिएको छ।

नयाँ हुण्डाई क्रेटा हालै अगस्त ६ मा सार्वजनिक गरिएको थियो । लक्ष्मी हुण्डाईले नेपालमा २०१५ देखि क्रेटा बिक्री गर्न सुरु गरेको थियो । यसको आकर्षक डिजाइन, उत्कृष्ट प्रदर्शन, सबै प्रकारका भूभागमा सहज चल्न सक्ने क्षमता, प्राय हरेक उमेरका ग्राहकवर्गलाई सुहाउने भएकोले धेरैको रोजाइ र यात्राको साथी बन्न मिड साइज एसयूभी सेगमेन्टमा क्रेटा सफल हुँदै एसयूभी सेगमेन्टमा आफ्नो प्रभावकारी स्थान बनाउन सफल भएको छ । प्रारम्भिक मूल्य ५५,९६,००० रुपैयाँ पर्ने नयाँ क्रेटा विभिन्न भेरियन्टहरूमा उपलब्ध छ र यसमा ६ वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी पाइन्छ।

त्यसैगरी, लक्ष्मी इन्टरकन्टिनेन्टलको भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेशन मार्फत नेपालमै निर्माण गरिएको मेड इन नेपाल भेन्युको पहिलो रोलआउट मे १०, २०२४ मा भएको थियो। यसको बनावट, गुणस्तर, पर्फमेन्स लगायतका गुणहरु हुण्डाई मोटर कम्पनी, कोरिया वा भारतमा बन्ने सोही मोडलका गाडीहरू सरहकै हुने कम्पनीले दाबी गरेको छ । मेड इन नेपाल हुन्डाई भेन्यु 1.2 (S) को मूल्य ४४,९६,००० र भेन्यु 1.2 (SX) को मूल्य ५३,५६,००० कायम गरिएको छ ।  मेड इन नेपाल हुण्डाई भेन्युमा १० वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी पाइन्छ ।

श्रावन २८ गते बाट सुरु हुने यस क्याम्पेनमा नेपालभरका इच्छुकले आफ्नो ड्राइविङ लाइसेन्स लिएर आधिकारिक हुण्डाई सोरुममा गई सहभागी हुन सक्नेछन् । यो क्याम्पेनको विजेताको घोषणा साप्तहिक रूपमा लक्की ड्र मार्फत छनोट गरिनेछ र कम्पनीको फेसबुक पेज मार्फत जानकारी गराइनेछ । चाडपर्व नजिकिँदै गर्दा हुण्डाईको नयाँ क्याम्पेनले ग्राहकहरूलाई विभिन्न हुण्डाई मोडेलहरूको टेस्ट ड्राइभ गर्नका लागि अवसर प्रदान गरी आफ्नो गाडी किन्रे योजनामा थप मद्दत पुग्ने विश्वास लिएको छ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभरका १६ डिलर र १९ सर्भिस सेन्टर मार्फत आफ्नो सेवा दिइरहेको छ। इच्छुकले आफू नजिकैको हुण्डाई सोरुममा गई यस योजनामा सहभागी भई टेस्टड्राइभ गर्न सक्नेछन् ।

Logo