फरक विशेषताले सुसज्जित प्रिमियम र स्मार्ट ह्याचब्याक नामी ०१ नेपालमा कहिले आउँछ ?

फरक विशेषताले सुसज्जित प्रिमियम र स्मार्ट ह्याचब्याक नामी ०१ नेपालमा कहिले आउँछ ?

केन्द्रबिन्दु
308
Shares

काठमाडौँ । सबैभन्दा बढी प्रिमियम र स्मार्ट ह्याचब्याक दाबी गरिएको नामी ०१ इलेक्ट्रिक ह्याचब्याकलाई नेपाली बजारले प्रतीक्षा गरिरहेको छ । नेपालमा यसको बिक्री प्रारम्भको तयारी थालिएको छ ।

नेपालका लागि आधिकारिक वितरकका रूपमा रहेको एमएडब्लू वृद्धि अटोकर्पले यो इलेक्ट्रिक ह्याचब्याक लाई नेपाली बजारमा उपलब्ध गराउने तयारी गरिरहेको छ । नेपाली बजारका लागि विभिन्न फरक विशेषताले सुसज्जित यसमा रहेका फिचरहरू यस्ता छन् ।

कम्प्याक्ट तथा प्रिमियम डिजाइन
स्लिक र कम्प्याक्ट डिजाइनमा उपलब्ध नामी ०१ को लम्बाइ ४०३०, चौडाइ १८१० र उचाइ १५७० एमएम छ । यसको ह्विलबेस भने २६६० एमएम छ ।

रोजाइका कलर
नामी ०१ पाँच कलर अप्सनमा उपलब्ध छ । सो गाडी ह्वाइट, येल्लो र ब्लुका साथै ह्वाइट एन्ड येल्लो र ह्वाइट एन्ड ब्लु ड्युअल टोन अप्सनमा उपलब्ध छ ।

एड्भान्स्ड एडीएएस
एड्भान्स्ड एडीएएस अर्थात् एडास सिस्टम उपलब्ध भएकाले यसमा सुरक्षा र सहजता छ । यसमा ब्लाइन्ड स्पट मोनिटरिङ, फरवार्ड कोलिजन वार्निङ, लेन डिपार्चर वार्निङ, लेन किपिङ असिस्ट, ट्राफिक साइन रिकग्निसन र एडेप्टिभ क्रुज कन्ट्रोल जस्ता फिचर छन् ।

फ्रेमलेस डोर र फ्लस ह्याण्डल
बजारमा फरक पहिचान कायम गरेको ह्याचब्याकमा भएको फ्रेमलेस डोर र फ्लस ह्यान्डले स्पोर्टी र प्रिमियम लुकलाई बढाएको छ ।

अटोमेटिक पार्किङ
नामी ०१ मा अटोमेटिक पार्किङ सिस्टम छ । यसकारण सहरको टाइट स्पेसमा पनि सहज तरिकाले यसलाई पार्किङ गर्न सहयोग पुग्छ ।

स्पेसियस र स्टाइलिस इन्टेरियर
नामी ०१ को इन्टेरियर ब्ल्याक एण्ड ह्वाइट तथा ब्ल्याक एन्ड ग्रे गरी दुई कलर स्किममा उपलब्ध छ । यसमा ५ इन्चको एलसीडी इन्स्ट्रयुमेन्ट प्यानल, टु–स्पोक मल्टी फङसनल स्टेयरिङ ह्विल र १२.८ इन्चको फ्लोटिङ सेन्ट्रल कन्ट्रोल स्क्रिन रहेको छ । सो स्क्रिनले मोबाइल रिमोट कन्ट्रोल, ओटीए अपडेट र इन्टेलिजेन्ट भ्वाइस कन्ट्रोल आदि सपोर्ट गर्छ । यसबाट मोडर्न र कनेक्टेड ड्राइभिङ एक्सपेरियन्स गर्न सकिन्छ । त्यसैगरी स्पेसियस क्याबिनका कारण सबै प्यासेन्जरले पर्याप्त आरामको अनुभव गर्न सक्छन् ।

Logo