सय जना कन्टेन्ट क्रिएटरलाई टीभीएस एन्टर्क स्कुटर दिँदै जगदम्बा मोटर्स र पोस्टाम

सय जना कन्टेन्ट क्रिएटरलाई टीभीएस एन्टर्क स्कुटर दिँदै जगदम्बा मोटर्स र पोस्टाम

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । जगदम्बा मोटर्स र पोस्टामले सय जना कन्टेन्ट क्रिएटरलाई पुरस्कृत गर्ने भएको छ । नेपालका लागि टिभिएस स्कुटर र मोटरसाइकलको आधिकारिक वितरक हो जगदम्बा ।

यस मोटर्सले नेपाली सोसल मिडिया एप पोस्टामसँग सहकार्य गर्दै नेपालकै सबैभन्दा ठूलो कन्टेन्ट प्रतियोगिताको आयोजना गरी कन्टेन्ट क्रिएटरहरूलाई पुरस्कृत गर्ने जनाएको छ । यस प्रतियोगिताको मुख्य उद्देश्य नेपालभरका कन्टेन्ट क्रिएटरहरूलाई आफ्नो कला देखाउँदै रोमाञ्चक पुरस्कारहरू जित्न प्रोत्साहन गर्ने रहेको छ ।

पोस्टामको प्लेटफर्ममा यो प्रतियोगिता आयोजना हुनेछ । पोस्टाममा प्रयोगकर्ताहरूले सूचना आदान–प्रदान गर्न, मानिसहरुसँग कनेक्ट हुनुका साथै आफ्नो कन्टेन्टलाई मनिटाइज गरेर नियमित पोस्टहरू मार्फत पनि आम्दानी गर्ने अवसरहरू प्राप्त गर्छन् । यो प्रतियोगिता एक ऐतिहासिक र नेपाली कन्टेन्ट क्रिएटरहरूका लागि सबैभन्दा ठूलो पुरस्कार राशीसहितको प्रतियोगिता रहेको कम्पनीले जनाएको छ ।

यो प्रतियोगिताले कन्टेन्ट क्रिएटरलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गर्ने बताउँदै टीभीएस नेपालकी प्रोडक्ट हेड करुणा पुडासैनीले पोस्टाम एपसँग साझेदारी गर्न पाउँदा निकै उत्साहित रहेको जानकारी दिइन् । त्यस्तै, पोष्टामका प्रमुख कार्यकारी अधिकृत र सह–संस्थापक रोनिश दाहालले यो प्रतियोगिताले कन्टेन्ट क्रिएसनलाई आफ्नो करियरका रूपमा स्थापित गर्न नेपालभरका कन्टेन्ट क्रिएटरहरूलाई मद्दत गर्ने कुरामा विश्वस्त रहेको बताए ।

कन्टेन्टको क्वालिटी र इङ्गेजमेन्टको आधारमा टप १०० जना छनोट हुने आयोजकले जानकारी दिएको छ । जगदम्बा मोटर्स र पोस्टामको सहकार्यमा हुन लागेको यस प्रतियोगिताले कन्टेन्ट क्रिएटरको प्रतिभालाई पुरस्कृत गर्ने मात्र नभई नेपाली युवाहरूमा रचनात्मक अभिव्यक्तिको लहर ल्याउन मद्दत पुर्‍याउनेमा विश्वस्त रहेको आयोजकले बताएको छ ।

Logo