पन्च ईभीको प्रि–बुकिङ खुल्यो, कहिलेदेखि होला डेलिभरी ?

पन्च ईभीको प्रि–बुकिङ खुल्यो, कहिलेदेखि होला डेलिभरी ?

केन्द्रबिन्दु
154
Shares

काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले पन्च ईभीको अग्रिम बुकिङ खुला गरेको छ । कम्पनीको आधिकारिक वेबसाइटमार्फत ग्राहकहरूले प्रि–बुकिङ्ग गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार प्रि–बुकिङ्ग गरिएका गाडीहरू आगामी नाडा अटो सोबाट डेलिभरी सुरु गरिने जनाइएको छ।

अत्याधुनिक प्रविधियुक्त रहेको पन्च ईभी पर्यावरणमैत्री एवं खर्चको दृष्टिकोणले पनि किफायती रहेको छ १६ इन्च एलआरआर टायर, १९० एमएम ग्राउन्ड क्लियरेन्स, प्रभावशाली एप्रोच, डिपार्चर र र्याम्प–ओभर एंगल्स लगायतका बिशेषताहरू रहेको यस गाडीमा ९० डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बुट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस रहेको छ ।

यो गाडी भारतमा अत्यन्तै लोकप्रिय बनेको छ । भारतमा यसको मासिक अठार हजार युनिटभन्दा बढी बिक्री भइरहेको छ । पन्च ईभीले नेपाली बजारमा पनि छोटो अवधिमै उल्लेखनीय हिस्सा ओगट्ने अपेक्षा गरिएको कम्पनीको भनाइ छ ।

Logo