सेयर बजारमा २७ अर्ब २४ करोडको काराेबारले बनायाे नयाँ रेकर्ड

सेयर बजारमा २७ अर्ब २४ करोडको काराेबारले बनायाे नयाँ रेकर्ड

केन्द्रबिन्दु
294
Shares

काठमाडौँ । सोमबार सेयर बजारमा २७ अर्ब २४ करोड रूपैयाँको कारोबार भएको छ । यससँगै सेयर बजारमा उच्च परिमाणको कारोबारको रेकर्ड ब्रेक भएको छ । आइतबार पनि नेप्सेमा २५ अर्ब ७७ करोड रूपैयाँको कारोबार भएर रेकर्ड बनेको थियो । तर उक्त रेकर्ड २४ घण्टा नबित्दै ब्रेक हुन पुगेको हो ।

सोमबार हालसम्मकै उच्च २७ अर्ब २४ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ६ करोड ४८ लाख ७६ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ ।

आज नेप्से सूचक समेत ७०.८१ अंकले बढ्दै २९ सय ३१.६५ विन्दुमा उक्लिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । यो कोभिड–१९ पछिकै उच्च विन्दु हो ।

Logo