फरार प्रतिवादीबाट एक वर्षमा छ करोडभन्दा बढी राजस्व

फरार प्रतिवादीबाट एक वर्षमा छ करोडभन्दा बढी राजस्व

केन्द्रबिन्दु
70
Shares

सुनसरी । गत आर्थिक वर्ष २०८०-८१ मा फरार प्रतिवादीबाट सुनसरीमा छ करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ । जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको फरार प्रतिवादी नियन्त्रण अभियानअन्तर्गत सो आवमा छ करोड ६६ लाख ३० हजार नौ सय ९१ राजस्व तथा जरिवानाबाट असुल भएको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

फैसला कार्यान्वयनमा फरार रहेका प्रतिवादीलाई पक्राउ गर्ने क्रममा प्रहरीले एक सय ४५ जना प्रतिवादीलाई नियन्त्रणमा लिँदा एक सय ९३ वर्ष छ महिना छ दिन कैद भुक्तानी भएको छ भने राजस्व तथा जरिवानाबाट छ करोड ६६ लाख ३० हजार नौ सय ९१ असुल भएको प्रनाउ भण्डारीले जानकारी दिए ।

Logo