अपर तामाकोशी हाइड्रोपावरको आम्दानी बढे पनि साढे २ अर्ब नोक्सानमा 

अपर तामाकोशी हाइड्रोपावरको आम्दानी बढे पनि साढे २ अर्ब नोक्सानमा 

केन्द्रबिन्दु
224
Shares

काठमाडौँ । अपर तामाकोशी हाइड्रोपावर २ अर्ब ६८ करोड ६८ लाख १९ हजार रुपैयाँ नोक्सानमा रहेको देखिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९-८० को चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार उक्त रकम बराबर ऋणात्मक देखिएको हो । 

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी ७.९३ प्रतिशतले बढेर ८ अर्ब ७५ करोड २० लाख ९१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको उक्त आम्दानी ८ अर्ब १० करोड ९२ लाख रुपैयाँ रहेको थियो ।  अघिल्लो वर्षको तुलनामा यो वर्ष नोक्सानी घटेको देखिन्छ ।

अघिल्लो वर्षको सोही अवधिमा कम्पनी ४ अर्ब ९ करोड ८२ लाख १४ हजार रुपैयाँ नोक्सानी बेहोरेको थियो । असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ६९ पैसा ऋणात्मक रहेको छ । कम्पनीको नेटवर्थ ५६ रुपैयाँ ८८ पैसा रहेको छ । २१ अर्ब १८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष भने ९ अर्ब १३ करोड रुपैयाँ ऋणात्मक रहेको छ । हालसम्म कम्पनीको लङ टर्म लोन १ अर्ब २६ करोड २० लाख १० हजार रुपैयाँभन्दा धेरै छ । 

Logo