सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाकै पुग्यो १ लाख ५० हजारबढी

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाकै पुग्यो १ लाख ५० हजारबढी

केन्द्रबिन्दु
854
Shares

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा मंगलबार सुनको मूल्यले अहिलेसम्मको रेकर्ड ब्रेक गरेको छ । आज सुनको मूल्य १ लाख ५० हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि सुनको मूल्य १ लाख ५० हजार रुपैयाँसम्म कायम भएको रेकर्ड छ ।

सोमबार तोलामा १ लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको सुनको मूल्य एकै दिन २१ सय रुपैयाँ बढेर रेकर्ड कायम भएको हो । यस्तै आज चाँदीको मूल्य तोलामा १ हजार ७४० रुपैयाँ कायम भएको छ ।

Logo