सुजुकीको नयाँ माइक्रो एसयूभीमा यस्ता छन् फिचर

सुजुकीको नयाँ माइक्रो एसयूभीमा यस्ता छन् फिचर

केन्द्रबिन्दु
210
Shares

काठमाडौँ । मारुती सुजुकीले नयाँ माइक्रो एसयुभी लञ्च गर्ने भएको छ । कम्पनीले केई कार हसलरलाई भारतमा लञ्च गर्ने भएको हो । लञ्च हुने तयारीमा रहेको यो नयाँ एसयूभीले टाटा पञ्च र हुण्डाई एक्स्टरसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।

सुजुकीको सो नयाँ कार छिट्टै लञ्च हुने आकलन गरिएको छ । तर कम्पनीले हसलरलाई भारतमा लञ्च गर्ने विषयमा भने कुनै जानकारी गराएको छैन । २ हजार ४२५ मिलिमिटर लामो ह्विलवेश भएको हस्टलरमा वाई–स्पोक डुअल–टोन एलोय ह्वील, पुल–टाइप डोर ह्यान्डल र रूफ रेल उपलब्ध छ ।

यो कारमा गोलाकार हेडल्याम्प सहितको अपराइट फ्रन्ट फेसिया छ भने रियरमा आयताकार टेल ल्याम्पसहितको स्ल्याब साइड राखिएको छ भने वरिपरि कालो क्लेडिङ सहित स्क्वायर–इश व्हील आर्चहरू राखिएका छन् ।

Logo