दुई मोडलमा ईभी नामी ०१ उपलब्धः कति पर्छ यसको मूल्य ?

दुई मोडलमा ईभी नामी ०१ उपलब्धः कति पर्छ यसको मूल्य ?

केन्द्रबिन्दु
322
Shares

काठमाडौँ । डोङफेङ मोटर्सको ह्याचब्याक ईभी नामी ०१ अब नेपाली बजारमा उपलब्ध भएको छ । आगामी भाद्र ११ देखि सुरु हुने नाडा अटो शो २०२४ मा यो गाडी पनि प्रदर्शन गरिने भएको हो । नेपाली बजारमा दुई मोडलमा नामी ०१ उपलब्ध हुने बताइएको छ ।

चिनियाँ ब्राण्ड ‘नामी’ अन्तर्गत नामी ०१ स्लिक र कम्प्याक्ट डिजाइनमा उपलब्ध छ । यसको लम्बाइ, चौडाइ र उचाइ क्रमशः ४०३०, १८१० र १५७० एमएम छ । यसको ह्विलबेस २६६० एमएम छ । नामी ०१ ले डब्लुएलटीपी अनुसार २५० किलोमिटर र ३३० किलोमिटरको रेन्ज दिने बताइएको छ ।

नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धि अटोकर्पले प्रकाशित गरेको मूल्य सूचीअनुसार ३३ लाख रुपैयाँमा यो गाडी उपलब्ध रहेको छ ।

७० किलोवाटको मोटर हुने ३१.४ किलोवाट आवरको ब्याट्रीयुक्त ईभीको मूल्य ३२ लाख ९९ हजार र ४२.३ किलोवाट आवर ब्याट्रीयुक्त ईभीको मूल्य ३५ लाख ९९ हजार रुपैयाँ हुनेछ ।

एड्भान्स्ड एडीएएस अर्थात् एडास सिस्टम उपलब्ध भएकाले नामी ०१ सुरक्षा र सहजताले पूर्ण छ । यसमा ब्लाइन्ड स्पट मोनिटरिङ, फरवार्ड कोलिजन वार्निङ, लेन डिपार्चर वार्निङ, लेन किपिङ असिस्ट, ट्राफिक साइन रिकग्निसन र एडेप्टिभ क्रुज कन्ट्रोल जस्ता फिचर छन् ।

नामी ०१ को इन्टेरियर ब्ल्याक एन्ड ह्वाइट तथा ब्ल्याक एन्ड ग्रे गरी दुई कलर स्किममा उपलब्ध छ । मोबाइल रिमोट कन्ट्रोल, ओटीए अपडेट र इन्टेलिजेन्ट भ्वाइस कन्ट्रोल आदि सपोर्ट गर्ने गरी यसमा ५ इन्चको एलसीडी इन्स्ट्रयुमेन्ट प्यानल, टु–स्पोक मल्टी फङसनल स्टेयरिङ ह्विल र १२.८ इन्चको फ्लोटिङ सेन्ट्रल कन्ट्रोल स्क्रिन रहेको छ । यसमा ३२ कलर एम्बियन्ट लाइटिङ, मोबाइल फोन वायरलेस चार्जिङ, ग्लोभबक्सको तल पुल–आउट ड्रअर र फ्रन्ट सिटका लागि वान–क्लिक लाई–फ्ल्याट मोड आदि रहेका छन् ।

Logo