टीभीएस रेडर र रेडिअन बाइक तथा एनटर्क स्कुटर बजारमा, २ लाख ३ हजारदेखि २ लाख ८९ हजार पर्छ मूल्य

टीभीएस रेडर र रेडिअन बाइक तथा एनटर्क स्कुटर बजारमा, २ लाख ३ हजारदेखि २ लाख ८९ हजार पर्छ मूल्य

केन्द्रबिन्दु
224
Shares

काठमाडौँ । नेपाली बजारमा टीभीएसका विभिन्न मोडल उपलब्ध छन् । जसमध्ये टीभीएस रेडर र रेडिअन मोटरसाइकल तथा एनटर्क स्कुटरको नयाँ मोडल नेपाली बजारमा उपलब्ध हुने भएको छ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले यी मोडेलका बाइक तथा स्कुटर भित्र्याउन लागेको हो ।

टीभीएस रेडर १२५ एफआई, रेडिअन एफआई र एनटर्क डिस्क एफआईमा उपलब्ध हुने बताइएको छ । यीमध्ये रेडर र रेडिअन अब बीएस ६ मोडल भएको छ ।

टीभीएस रेडर १२५ एफआईको मूल्य २ लाख ८९ हजार ९ सय, रेडिअन एफआईको २ लाख ३६ हजार ९ सय र एनटर्क डिस्क एफआईमा उपलब्ध स्कुटरको मूल्य २ लाख ७४ हजार ९ सय रुपैयाँ रहेको छ ।

हाल नेपाली बजारमा उपलब्ध टीभीएस रेडरको मूल्य २ लाख ७० हजार ९ सय रुपैयाँ छ । त्यसैगरी रेडिअनको मूल्य २ लाख ३ हजार ९ सय छ भने एनटर्कका विभिन्न मोडलको मूल्य फरक रहेको छ । टीभीएस ब्राण्डलाई नेपालमा स्थापित ब्राण्ड बनाउन एनटर्क स्कुटरको ठूलो योगदान छ । यसको लुक्स, प्रफमेन्स, फिचर र पावरका कारण लोकप्रिय बन्ने कम्पनीले जनाएको छ ।

Logo