हिमालयन रि-इन्स्योरेन्सको नाफा दोब्बर, कति छ प्रतिशेयर आम्दानी ?

हिमालयन रि-इन्स्योरेन्सको नाफा दोब्बर, कति छ प्रतिशेयर आम्दानी ?

केन्द्रबिन्दु
154
Shares

काठमाडौँ । हिमालयन रि-इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षमा १ अर्ब २८ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९७.६४ प्रतिशतले कम्पनीको नाफा बढेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ६४ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको नाफासँगै प्रतिशेयर आम्दानी पनि बढेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ६ पैसाले बढेर १२ रुपैयाँ ३४ पैसा पुगेको छ । अघिल्लो आर्थिक वर्षमा प्रतिसेयर आम्दानी ९ रुपैयाँ २८ पैसा रहेकोमा अहिले १२ रुपयाँ ३४ पैसा पुगेको हो । असार मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ४७.१५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ २६ पैसा छ ।

कम्पनीको विशेष जगेडामा १ अर्ब ९ करोड रुपैयाँ रहेको छ भने १० अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । यस्तै, महाविपत्ती कोषमा ११ करोड १० लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ५६ करोड ४३ लाख रुपैयाँ र अन्य इक्विटीमा २ करोड ७४ लाख रुपैयाँ सञ्चित रहेको विवरणमा उल्लेख छ ।

Logo