दुई सहकारीका सञ्चालकसँग बयान लिइँदै

दुई सहकारीका सञ्चालकसँग बयान लिइँदै

केन्द्रबिन्दु
280
Shares

काठमाडौँ । सहकारी बचतकर्ताको बचत रकम अपचल सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले दुई सहकारीका सञ्चालकसँग बयान लिँदै छ । कास्कीको पोखरास्थित जेलमा रहेका सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल र स्वर्णलक्ष्मी सहकारीका सञ्चालक भविश्वर अर्यालसँग समितिले बयान लिइरहेको हो ।

यसका लागि बिहान ८ बजेदेखि बैठक जारी छ । समितिले जेलमा रहेका पाँचजनालाई झिकाएर बयान लिइसकेको छ । थप दुई जनाको बयान लिने क्रम जारी छ । समितिले अहिलेसम्म जेलमा रहेका सहित सहकारीको रकम अपचलन मुद्दामा जोडिएका १७ जनाको बयान लिइसकेको छ । सहकारी प्रकरणमा जोडिएका ३० जनासँग बयान लिने बताइएको छ ।

Logo