सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको प्रतिशेयर आम्दानी बढेर २४ रुपैयाँ ६७ पैसा पुग्यो

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको प्रतिशेयर आम्दानी बढेर २४ रुपैयाँ ६७ पैसा पुग्यो

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको अन्त्यसम्ममा ६९ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको प्रकाशित वित्तीय विवरणअनुसार यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८२.५२ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्ष इन्स्योरेन्सले ३७ करोड ९३ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।

इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ७८.१२ प्रतिशत र कुल आम्दानी ५१.३४ प्रतिशत बढेको छ । सो अवधिमा इन्स्योरेन्सको खुद दाबी भुक्तानी ६१.८२ प्रतिशत बढेको छ भने कुल खर्च ५१.८६ प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । यस्तो आम्दानी ११ रुपैयाँ १५ पैसा बढेर २४ रुपैयाँ ६७ पैसा पुगेको छ । जबकि अघिल्लो आर्थिक वर्षमा प्रतिसेयर आम्दानी १३ रुपैयाँ ५२ पैसा रहेकोमा गत आर्थिक वर्षमा २४ रुपैयाँ ६७ पैसा रहेको छ ।

यस इन्स्योरेन्सको २ अर्ब ८० करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । कम्पनीको महाविपत्ती कोषमा १८ करोड ९१ लाख रुपैयाँ, विशेष जगेडामा २ अर्ब ५० करोड रुपैयाँ, रिटेन्ड अर्निङ्गमा १ अर्ब ११ करोड ७३ लाख रुपैयाँ र अन्य इक्विटीमा १ अर्ब ६ करोड २२ लाख रुपैयाँ रहेको छ ।

Logo