पोर्चुगलमा सञ्चालित राहदानीसम्बन्धी घुम्ती शिविरबाट ७ करोड राजस्व सङ्कलन

पोर्चुगलमा सञ्चालित राहदानीसम्बन्धी घुम्ती शिविरबाट ७ करोड राजस्व सङ्कलन

केन्द्रबिन्दु
140
Shares

लिस्बन । विद्युतीय राहदानी (इ–पासपोर्ट) बनाउन पोर्चुगलबाट ३ हजार ८ सय २९ नेपालीको जैविक विवरणसहितको आवेदन सङ्कलन गरिएको छ । यसमा १ सय २१ जना नाबालक, ३ हजार ३ सय ८० नवीकरण र हराएका ३ सय २८ जना रहेका छन् ।

राहदानी विभाग र पेरिसस्थित नेपाली दूतावासको संयुक्त टोलीले लिस्बनमा सञ्चालन गरेको राहदानीसम्बन्धी घुम्ती शिविरबाट सात करोड २० लाख ११ हजार पाँच सय ५४ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

विभागका निर्देशक मोतिबहादुर श्रीसका अनुसार शिविरबाट राहदानी सेवासहित यात्रा अनुमतिपत्र, मञ्जुरीनामालगायत कन्सुलरसम्बन्धी सेवा प्रदान गरिएको, थियो । पोर्चुगलमा नेपाली दूतावास नभएकाले शिविर सञ्चालन गरिएको हो । पोर्चुगलमा हाल ५० हजार भन्दा बढी नेपालीहरू बसोबास गरिरहेका छन् ।

Logo