सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

केन्द्रबिन्दु
798
Shares

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३ सय रुपैयाँले घटेको हो । मंगलबार प्रतितोला १ लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ३ सय रुपैयाँले घटेर १ लाख ५० हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी,आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर १ हजार ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Logo