आजदेखि जीहो इलेक्ट्रिक स्कुटरको कार्निभल शुरु, यस्ता छन् जीहो एई६ प्लसका विशेषता

आजदेखि जीहो इलेक्ट्रिक स्कुटरको कार्निभल शुरु, यस्ता छन् जीहो एई६ प्लसका विशेषता

केन्द्रबिन्दु
378
Shares

काठमाडौँ । नेपालमा रिलाइन्स ग्रुपअन्तर्गत ऋषि ट्रेड सेन्टरले आजदेखि सेल्स एण्ड एक्सचेन्ज कार्निभल प्रारम्भ गरेको छ । काठमाडौँ उपत्यकाको नक्साल, नारायणचौर र झम्सिखेल ललितपुरमा रहेको शोरुममा उपलब्ध हुने यो कार्निभल शुक्रबारसम्म चल्ने छ ।

नेपाली बजारमा उपलब्ध जीहो एई६ प्लसमा कम्पनीले ल्याएको यो अफरअनुसार नगद वा फाइनान्समा सो इलेक्ट्रिक स्कुटर खरिद गर्ने ग्राहकलाई सिधै २० हजार रुपैयाँ छुट प्रदान गरिने जनाइएको छ ।

कुनै पनि ब्राण्डको पुरानो मोटरसाइकल वा स्कुटरसँग साट्न चाहनेले थप ३० हजार रुपैयाँ एक्सचेन्ज भ्यालु पाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार कार्निभलमा सहभागी भएर स्कुटर किन्ने एक जना ग्राहकले बम्पर उपहार पनि पाउने भएका छन् । जसअन्तर्गत दशैँ सपिङ भौचरका रूपमा १५ हजार र एक जना अवलोकनकर्तालाई ५ हजार रुपैयाँ प्रदान गरिने कम्पनीले जनाएको छ ।

यस्ता छन् जीहो एई६ प्लसका विशेषता

२.५ किलोवाट साइड माउन्टेड मोटरद्वारा सञ्चालित एई६ प्लसमा जीहो राइड एप्स, किलेस डिजाइन (एनएफसी कार्ड), एन्टी–थेफ्ट सिस्टम, हिल असिस्टेन्स, १८ फरक कलर स्ट्यान्ससहित क्रुज कन्ट्रोल उपलब्ध छ । यसले ५.५ किलोवाटको अधिकतम पावर र १६० एनएमको टर्क उत्पन्न गर्छ । यसको टप स्पिड ८० किलोमिटर प्रतिघण्टा छ भने स्कुटरले ४.६ सेकेन्डमा ० देखि ५० किलोमिटर प्रतिघण्टाको गति लिने कम्पनीले जनाएको छ । सो स्कुटरले फुल चार्जमा ७० देखि ९० किलोमिटरको माइलेज प्रदान गर्छ ।

एई६ प्लसको ह्विलवेस १२६० एमएम, सिटहाइट ७३५ एमएम, ग्राउण्ड क्लियरेन्स १३० एमएम, टप स्पिड ८० किलोमिटर प्रतिघण्टा, ह्विल पावर १६० एनएम रहेको छ । ड्युअल डिस्क थ्री पिस्टन क्यालिपर, सिंगल सस्पेन्सन रियर, फ्रन्टमा प्रिलोड एड्जस्टमेन्ट सहितको ड्युअल टेलिस्कोपिक सस्पेन्सन र ५ प्रतिशत रिजेनेरेटिभ ब्रेकिङ सिस्टम दिइएको छ ।

Logo