यस्ता छन् नेपालीमा उपलब्ध कियाका ईभीः सबैभन्दा महँगो गाडीलाई कति पर्छ मूल्य ?

यस्ता छन् नेपालीमा उपलब्ध कियाका ईभीः सबैभन्दा महँगो गाडीलाई कति पर्छ मूल्य ?

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ । नेपाली बजारमा किया ईभी९ र ईभी६ बिक्रीका लागि उपलब्ध भएको कम्पनीले जनाएको छ । नेपाली बजारमा कियाका विभिन्न सवारी साधनहरू बिक्री–वितरण गरिरहेको कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले ईभी९ हालै मात्र नेपालमा भित्रिएको जनाएको छ । ईभी९ को मूल्य १ करोड ७९ लाख ९० हजार रुपैयाँ रहेको छ भने किया ईभी६ को मूल्य १ करोड २५ लाख ९० हजार रुपैयाँ छ ।

नेपाली बजारमा सोनेटको एक मात्र भेरिएन्ट सोनेट एचटीई उपलब्ध छ । यो कियाको सबैभन्दा कम मूल्यको गाडी हो । यसको मूल्य ३९ लाख ९० हजार रुपैयाँ छ ।

नेपाली बजारमा किया सेल्टोसका ८ भेरिएन्ट उपलब्ध छन् । २०२४ मोडलको सेल्टोस एचटीके प्लसको मूल्य ६४ लाख ९० हजार रुपैयाँ छ । अन्य मोडलको मूल्य ६३ लाख ९० हजार देखि ८२ लाख ९० हजार रुपैयाँसम्म छ । त्यसैगरी, नेपाली बजारमा किया क्यारेन्स, स्पोर्टेज र सोरेन्टो पनि उपलब्ध छन् । कियाको सबैभन्दा महँगो मूल्यको गाडी किया सोरेन्टो हाइब्रिड हो । नेपाली बजारमा उपलब्ध यसको मूल्य १ करोड ८९ लाख ९० हजार रुपैयाँ छ ।

Logo