होण्डाको सीजीएक्स १५० सार्वजनिक, सस्पेन्सनका लागि अगाडि टेलिस्कोपिक फोर्क र पछाडि ड्युअल रियर सक एब्जर्बर

होण्डाको सीजीएक्स १५० सार्वजनिक, सस्पेन्सनका लागि अगाडि टेलिस्कोपिक फोर्क र पछाडि ड्युअल रियर सक एब्जर्बर

केन्द्रबिन्दु
756
Shares

काठमाडौँ । पूर्ण रूपमा चीनको वुयाङ होण्डा कारखानामा निर्मित होण्डाले आफ्नो आगामी बाइक सीजीएक्स १५० सार्वजनिक गरेको छ । पूर्णतया रेट्रो लुकमा डिजाइन गरिएको यसका ३ वटा भेरिएन्ट विश्व बजारमा बिक्रीका लागि ल्याइनेछ । विश्व बजारमा लन्च गर्नुअघि कम्पनीले यसका तस्बिरहरू सार्वजनिक गरेको हो । होण्डाले सीजीएक्स १५० यस वर्ष सेप्टेम्बरमा चीनमा लञच गर्नेछ । चीनमा यसको प्रारम्भिक मूल्य लगभग १० हजार युआन हुने अनुमान गरिएको छ ।

सीजी १२५ मा आधारित यसमा १४९ सीसी इन्जिन प्रयोग गरिएको छ । यसमा एयर कुल्ड, फोर स्ट्रोक, सिंगल सिलिण्डर युनिटले १२ एचपी पावर जनरेट गर्ने बताइएको छ । बाइकको इन्जिन ५ स्पिड गियरबक्ससँग जोडिएको छ । यसको टप स्पिड ९८ किलोमिटर प्रतिघण्टा हुने कम्पनीले बताएको छ । यो बाइकको वजन १२८ किलोग्राम छ ।

बाइकको सस्पेन्सनका लागि अगाडि टेलिस्कोपिक फोर्क र पछाडि ड्युअल रियर सक एब्जर्बर रहेको छ । यसमा गोलाकार हेडल्याम्प, राउन्ड आकारको रियर भ्यु मिरर, फोर्क गेटर, कर्भी फ्युल ट्याङ्की र मिनिमल बडी प्यानलिङ दिइएको छ । यसका साथै क्याफे रेसर भेरिएन्टमा बार एन्ड ड्युअल टोन मिरर, रेड शेडमा फ्रेम र पछाडि हम्प भएको राइडर ओन्ली सिट रहेको छ ।

Logo