ईसेवा मनी ट्रान्सफरको रेमिट पर्व आजदेखि सुरु, विजेतालाई २५ हजार दिइने

ईसेवा मनी ट्रान्सफरको रेमिट पर्व आजदेखि सुरु, विजेतालाई २५ हजार दिइने

केन्द्रबिन्दु
126
Shares

काठमाडौँ । ईसेवा मनी ट्रान्स्फरले रक्षाबन्धन, बुवाको मुख हेर्ने दिन तथा हरितालिका तीजका अवसरमा “रेमिट पर्व” सुरु गरेको छ ।

“रेमिट पर्व” योजना आजदेखि एक महिनासम्म सञ्चालन हुनेछ । जसअन्तर्गत हरेक हप्ता एक भाग्यशाली विजेतालाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ । यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले विदेशबाट आफ्ना प्रियजनहरूको ईसेवा वालेटमा प्रतिकारोबार न्यूनतम १० हजारबराबरको रेमिट पठाउनुपर्ने छ ।

ईसेवा मनी ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाका अनुसार रक्षाबन्धन, बुवाको मुख हेर्ने दिन तथा हरितालिका तीजको विशेष अवसरमा ‘रेमिट पर्व’ सुरु गरिएको हो । जसको उद्देश्य परिवारहरूलाई नजिक ल्याइ ग्राहकहरूको माया अझ गाढा बनाउँदै लैजानु रहेको बताइएको छ ।

ईसेवा मनी ट्रान्स्फरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट ईसेवा वालेट, बैंक तथा वित्तीय संस्था र आफ्ना भुक्तानी केन्द्र मार्फत पनि विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ईसेवा मनी ट्रान्सफर देशभरका उद्योगहरूलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरूको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।

Logo