नेपाल टेलिकमको नाफा १६.४४ प्रतिशतले घट्यो, कति छ प्रतिशेयर आम्दानी ?

नेपाल टेलिकमको नाफा १६.४४ प्रतिशतले घट्यो, कति छ प्रतिशेयर आम्दानी ?

केन्द्रबिन्दु
154
Shares

काठमाडौँ । नेपाल टेलिकमले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ६ अर्ब ६१ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यो १६.४४ प्रतिशतले कम हो । जबकि अघिल्लो आर्थिक वर्षमा कम्पनीले ७ अर्ब ९२ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

टेलिकमको प्रकाशित अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको हो । कम्पनीको आम्दानी घटेसँगै खुद नाफा पनि घट्न पुगेको हो ।

समीक्षा अवधिमा कम्पनीको आम्दानी ४.९९ प्रतिशत घटेको छ । यस्तै वित्तीय आम्दानी १६.६८ प्रतिशतले घटेको छ भने समीक्षा अवधिमा कम्पनीको कूल आम्दानी ६.३२ प्रतिशत घटेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी पनि ७ रुपैयाँ २४ पैसा घटेर ३६ रुपैयाँ ७७ पैसामा सीमित भएको छ । सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ५२५ रुपैयाँ ४३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २२.९८ गुणा रहेको छ ।

यस कम्पनीको जगेडा कोषमा ७६ अर्ब ५७ करोड रुपैयाँ सञ्चित छ भने १८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको छ ।

Logo