नाडा अटो शोमा कुन-कुन बैंक सहभागी हुँदै छन् ?

नाडा अटो शोमा कुन-कुन बैंक सहभागी हुँदै छन् ?

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । आगामी भदौ ११ गतेदेखि १६ गतेसम्म प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आयोजना हुने ‘नाडा अटो शो २०२४’ मा ७ वटा बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउने भएका छन् ।

आयोजकका अनुसार आकर्षक स्किमसहित अटो शोमा सवारी खरिद गर्ने ग्राहकहरूलाई सहज फाइनान्सिङको सुविधा प्रदान गर्नेगरी नबिल बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, महालक्ष्मी विकास बैंक, सानिमा बैंक र माछापुच्छ्रे बैंकले भाग लिने भएका हुन् ।

प्रदर्शनीमा २४ चार पाङ्ग्रे, १९ दुई पाङ्ग्रे र १२ हल्का व्यावसायिक सवारी साधनका ब्राण्डहरू रहने छन् । शोमा ९५ प्रदर्शकहरू सहभागी हुनेछन् भने १३० वटा स्टलहरू रहने बताइएको छ ।

Logo