सुनको मूल्यमा कीर्तिमान, एकैदिन ३ हजार बढ्यो

सुनको मूल्यमा कीर्तिमान, एकैदिन ३ हजार बढ्यो

केन्द्रबिन्दु
1.3k
Shares

काठमाडौँ । सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ १ लाख ५२ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबार दिन प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँ रहेको सुनको यो मूल्य हालसम्मकै उच्च हो । यसअघि साउन ३० गते सुनको भाउमा १ लाख ५० हजार ५ सय रुपैयाँको उच्चतम रेकर्ड बनेको थियो ।

चाँदीको भाउ भने आज तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा १७४० रुपैयाँ रहेको चाँदी आज १७६० रुपैयाँ कायम भएको छ ।

Logo