सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज सोमबार अमेरिकी डलर स्थिर हुँदा कतारी रियालको विदेशी विनिमय दर घटेको छ । यूरो र बेलायती पाउण्डको विनिमय दर भने बढेको छ ।

त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०१ पैसा र बिक्री दर १३४ रुपैयाँ ६१ पैसा पुगेको छ । त्यसैगरी, युरो एकको खरिद दर १४७ रुपैयाँ ७९ पैसा र बिक्री दर १४८ रुपैयाँ ४५ पैसा रहेको छ । यता बेलायती पाउण्ड एकको खरिद दर १७३ रुपैयाँ ४८ पैसा र बिक्री दर १७४ रुपैयाँ २५ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७४ पैसा र बिक्री दर ३६ रुपैयाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Logo