ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीद्वारा पदभार ग्रहण

ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीद्वारा पदभार ग्रहण

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले आइतबारदेखि पदभार ग्रहण गरेका छन् । प्रमुख कार्यकारी अधिकृत रेग्मीले पदभार ग्रहणअघि बैंकको सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकालबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।

शपथ कार्यक्रममा बोल्दै ग्लोबल आईएमई बैंकका अध्यक्ष ढकालले लामो समय बैंकिङ्ग क्षेत्रमा रही काम गरेका रेग्मीको कार्यकालमा बैंक थप सबल र सृदृढ हुने विश्वास व्यक्त गरेका छन् । उनले नयाँ प्रमुख कार्यकारी अधिकृत रेग्मीको नेतृत्वमा बैंकको सेवालाई समयसापेक्ष बनाउँदै आम सेवाग्राहीलाई सहज र सुरक्षित बैंकिङ्ग प्रदान हुने बताए ।

“रेग्मी ग्लोबल आईएमई बैंकको सुरुदेखि नै यस बैंकमा हुन्नुहुन्छ । लामो समय बैंकिङ्ग क्षेत्रमा रहेका उहाँ एक अनुभवी बैंकर हो । उहाँले यस ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गर्दा नियामकीय निर्देशनहरूको अधिनमा रही यस बैंकका सेवाग्राहीलाई उत्कृष्ट सेवा प्रदान गर्ने र शेयरहोण्डरहरूलाई यथोचित प्रतिफल प्रदान गर्ने मलाई विश्वास छ,” उनले भने ।

पदभार ग्रहण गर्दै रेग्मीले मुलुककै सबैभन्दा ठूलो र प्रतिष्ठित बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी लिँदा गर्व र दायित्वबोध दुवै महसुस भएको बताए । उनले आफ्नो कार्यकालमा बैंकको सन्तुलित व्यापार विस्तार, थप सुदृढ ग्राहक सेवा र सुविधाहरू, नयाँ र सुरक्षित प्रविधियुक्त बैंकिङ्ग सेवा प्रदान गर्दै लगानीकर्तालाई उचित प्रतिफलका साथै बजारमा बैंकको सम्मानजनक उपस्थितीलाई अझ मजबुत बनाउदै लैजाने प्रतिबद्धता व्यक्त गरे । उनले ग्लोबल आईएमई बैंकको ब्राण्ड, नेटवर्क र सशक्त बजार हिस्सा बढाउन आफूले प्रयत्न गर्ने बताए ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत रेग्मीको बैंकिङ्ग क्षेत्रमा तीन दशकभन्दा लामो अनुभव रहेको छ । राष्ट्रिय वाणिज्य बैंकबाट बैंकिङ्ग करिअर सुरु गरेका रेग्मी २०६५ बैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आईएमई बैंकमा प्रवेश गरेका थिए ।

ग्लोबल आईएमई बैंकमा कर्जा व्यवस्थापन, जोखिम तथा नियन्त्रण, बैंकिङ्ग अपरेसन, जोखिम व्यवस्थापन, अनुपालन, शाखा सञ्चालन, सामान्य प्रशासन र मर्जर व्यवस्थापनलगायत समग्र बैंकिङ्गको सुपरीवेक्षण तहमा काम गरिसकेका रेग्मी एक अब्बल बैंकरका रूपमा परिचित छन् । उनीसँग बैंकिङ्ग क्षेत्रको करिब ३५ वर्षभन्दा लामो अनुभव रहेको छ । रेग्मीले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर तथा वेलायतको युनिभर्सिटी अफ वेल्सबाट एमबीए गरेका छन् ।

Logo