नाडा अटो शोमा गाडीका ३ ओटा मोडेल सार्वजनिक गर्दै केई, नाम बताउनेलाई पुरस्कार

नाडा अटो शोमा गाडीका ३ ओटा मोडेल सार्वजनिक गर्दै केई, नाम बताउनेलाई पुरस्कार

केन्द्रबिन्दु
98
Shares

काठमाडौँ । नेपालका लागि केई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले आसन्न नाडा अटो शोमा लन्च गरिने आफ्ना ३ ओटा गाडीका मोडेलको नाम बताएर पुरस्कार जित्ने सोसियल मीडिया क्याम्पेन सुरु गरेको छ । जसअन्तर्गत सहभागिता जनाउन केई नेपालको फेसबुक https://www.facebook.com/profile.php?id=61559338062381 र
इन्स्टाग्राम https://www.instagram.com/kaiyinepal_lem/ मा गई त्यहाँ सोधिएको प्रश्नको उत्तर लेख्नुपर्ने छ । क्याम्पेनमा सहभागी हुन केई नेपालको फेसबुक पेज र इन्स्टाग्राम पेजमा जानुपर्ने छ ।

सहभागीमध्येबाट सबै तीन मोडेलहरूको सही पहिचान गरी उत्तर दिने एक जना भाग्यशाली विजेताले जर्मन प्रतिष्ठित ब्रान्ड बोशको मिक्सर ग्राइण्डर प्राप्त गर्नेछन् । केई नेपालको सोसल मीडिया फलोवर्स र फ्यान्सहरूले यस रमाइलो क्याम्पेनमा अनुमान गरी भाग्यशाली विजेता बन्न सक्नेछन् । यो क्याम्पेन भाद्र १० गतेसम्म चल्ने बताइएको छ ।

Logo