जेल र लिथियम आयोन ब्याट्रीसहितका थ्रीएन दुईपांग्रे भित्रिँदै, ५५ हजारदेखि ३ लाख रुपैयाँसम्म पर्छ मूल्य

जेल र लिथियम आयोन ब्याट्रीसहितका थ्रीएन दुईपांग्रे भित्रिँदै, ५५ हजारदेखि ३ लाख रुपैयाँसम्म पर्छ मूल्य

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । नेपाल नेसनल ट्रेड इंकले नेपाली बजारमा थ्रीएन कम्पनीका इलेक्ट्रिक स्कुटर र मोटरसाइकल [दुईपांग्रे ] उपलब्ध गराउने बताएको छ । थ्रीएन ब्रान्डका विभिन्न मोडलका इलेक्ट्रिक स्कुटर र मोटरसाइकल नेपाली बजारमा उपलब्ध हुनेछन् ।

ई–एबीएस सिस्टम रहेको एमक्यु, जेडएल–७, एच८–२, एच८–३, एन७–क्यु र सी९ स्कुटर र एम५ र फेइइङ मोटरसाइकल नेपाली बजारमा उपलब्ध हुनेछन् ।

जेल र लिथियम आयोन ब्याट्री अप्सनमा उपलब्ध हुने यी सवारी साधनमा टेक्नोलोजिकल एस्थेटिक्स, युथफुल एपियरेन्स र स्टाइलिङ राइडको सुविधा छ ।

सिटमा इलेक्ट्रोनिक स्याडल लक, फ्रन्ट तथा रियर सक एब्जर्बर, स्मार्ट हेडलक, इन्टेलिजेन्ट सेक्युरिटी तथा अलार्म, रिभर्स फङसन, रिमोट तथा मेकानिकल की लगायतका सुविधाले सवारीलाई थप शानदार बनाएको छ । यी स्कुटर तथा मोटरसाइकलको मूल्य ५५ हजारदेखि ३ लाख रुपैयाँसम्म तोकिएको छ ।

Logo