नयाँ एड्भेन्चर बाइक भी स्ट्रोम–२५० लञ्च हुँदै, नेपाली बजारमा कति पर्छ मूल्य ?

नयाँ एड्भेन्चर बाइक भी स्ट्रोम–२५० लञ्च हुँदै, नेपाली बजारमा कति पर्छ मूल्य ?

केन्द्रबिन्दु
546
Shares

काठमाडौँ । नाडा अटो शो–२०२४ मा सुजुकीले नयाँ एड्भेन्चर मोटरसाइकल भी स्ट्रोम–२५० लञ्च गर्ने तयारी गरेको छ । यो भी स्ट्रोम २५० लाई सुजुकी मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक भीजी अटोमोबाइल्सले लञ्च गर्न लागेको हो । यो बाइक भारतीय बजारमा यसअघि नै लञ्च भइसकेको छ ।

सुजुकीको यो भी–स्ट्रोम २५० लाई डेली कम्यूट, हाइवेमा लामो यात्रा र अफरोडका लागि समेत उपयोगी हुनेगरी डिजाइन गरिएको बताइएको छ । यसमा सुजुकीको इजी स्टार्ट सिस्टम, सुजुकी राइड कनेक्ट र यूएसबी आउटलेट उपलब्ध छ । बाइकमा २४९ सीसी क्षमताको सिंगल सिलिन्डर आयल कुल्ड एसओएचसी इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर २६.५ पीएस र २२.२ टर्क एनएम रहेको छ । अक्टागोनल आकारको एलइडी हेडलाइट जडान गरिएको यसमा पछाडी उच्च पवारयुक्त एलइडी टेल लाइट दिइएको छ । यसको ग्राउन्ड क्लिरियन्स २०५ एमएम र सिट हाइट ८ सय ३५ एमएम रहेको छ । यो नयाँ मोटरसाइकलको मूल्य नेपाली बजारमा ७ लाख हाराहारी पर्ने अनुमान गरिएको छ ।

Logo