सामसङको ग्यालेक्सी ए र ट्याब एस९ एफई सिरिजमा सर्कल टु सर्च फिचर उपलब्ध, सर्कल टु सर्च के हो ?

सामसङको ग्यालेक्सी ए र ट्याब एस९ एफई सिरिजमा सर्कल टु सर्च फिचर उपलब्ध, सर्कल टु सर्च के हो ?

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । सामसङले ग्यालेक्सी ए सिरिज र ग्यालेक्सी ट्याब सिरिजमा सर्कल टु सर्च सुविधा उपलब्ध गराएको छ । सामसङले ग्यालेक्सी इकोसिस्टममा अझ धेरै डिभाइसहरूमा मोबाइल सुविधालाई अगाडि बढाउँदै ग्यालेक्सी ए सिरिजका लागि गुगलमा सर्कल टु सर्चको उपलब्धताको घोषणा गरेको हो ।

यो विस्तारले सकेसम्म धेरै प्रयोगकर्ताहरूलाइ उत्कृष्ट मोबाइल प्रविधि उपलब्ध गराउने छ । छानिएका ग्यालेक्सी ए सिरिजमा सर्कल टु सर्चको उपलब्धतालाई पछ्याउँदै यो नयाँ अनुभव ग्यालेक्सी ट्याब एस ९ एफईमा पनि आउनेछ । जसमा ठूलो डिस्प्ले र ग्यालेक्सी एस पेनले खोज्ने कार्यमा नयाँ आयाम ल्याउँदछ ।

ग्यालेक्सी एस २४ सिरिज सुरु भएपछि सर्कल टु सर्च चाँडै नै प्रशंसकको मनपर्ने भएको छ । जसले परम्परागत खोज्ने विधिहरूभन्दा बाहिर गएर बेग्लै अनुभव प्रदान गर्दछ । पछिल्लो ग्यालेक्सी जेड फ्लिप ६ रजेड फोल्ड ६ लगायत थप ग्यालेक्सी उपकरणहरूमा विस्तार हुँदै गएपछि सर्कल टु सर्चले पुरै पानाको अनुवाद, गृहकार्यमा मद्दत र क्युआर र बारकोड स्क्यानिङ क्षमताहरू थप्ने सहित यसको उपयोगिता र सहजता बढाउन निरन्तर विकसित भएको छ ।

अब ग्यालेक्सी ए सिरिज र ग्यालेक्सी ट्याब एस ९ एफई सिरिजका साथै सामसङका उत्पादनका अन्य लाइनअपमा पनि सर्कल टु सर्चको साथमा थप जटिल प्रश्नहरू सोध्ने क्षमता उपलब्ध हुने कम्पनीले जनाएको छ ।

“यी अपडेट्सहरूले ग्यालेक्सी ए सिरिज र ग्यालेक्सी ट्याब एस९ एफई सिरिजका लागि नयाँ सम्भावनाहरू खोल्दछ र अधिक ग्यालेक्सी प्रयोगकर्ताहरूका लागि अत्याधुनिक प्रविधि उपलब्ध गराउने कम्पनीको प्रतिबद्धतालाई सुदृढ पार्ने बताइएको छ ।

सामसङ इलेक्ट्रोनिक्सका मोबाइल अनुभव व्यवसायका अध्यक्ष र प्रमुख टिएम रोहले भने, “हामी धेरैभन्दा धेरै प्रयोगकर्ताका लागि बेस्ट–इन–क्लास प्रविधि ल्याउन समर्पित छौँ, प्रयोगकर्ताहरूलाई थप कुशलतापूर्वक काम गर्न, थप स्वतन्त्र रूपमा सिर्जना गर्नका लागि उनीहरूका उपकरणहरूसँग थप व्यक्तिगत अन्तरक्रियाको आनन्द लिन सक्ने विकल्पको साथ सशक्त बनाउँदै छौँ ।”

सर्कल टु सर्च भनेको एपहरू स्वीच नगरीकन साधारण जेस्चरद्वारा कुनै पनि कुरा खोज्ने नयाँ तरिका हो । डिभाइसमा जब सर्कल टु सर्च सुविधा सक्षम हुन्छ, प्रयोगकर्ताहरूले आफूले खोज्न चाहेको पाठ, छवि वा भिडियो चयन गर्न स्क्रिनमा जहाँसुकै सर्कल, हाइलाइट वा ट्याप गर्न सक्छन् । यो सुविधा गुगलसँगको दिगो सहकार्यको परिणाम हो । जसले कम्पनीको खुलापन र सहकार्यप्रतिको लामो समयदेखिको प्रतिबद्धतालाई सार्थक बनाउने कम्पनीको भनाइ छ ।

Logo