हुन्डाईको चाडपर्वलक्षित फेष्टिभ डिलाइट योजना २०८१ः भाग्यशाली विजेताले के पाउँछन् ?

हुन्डाईको चाडपर्वलक्षित फेष्टिभ डिलाइट योजना २०८१ः भाग्यशाली विजेताले के पाउँछन् ?

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । हुन्डाई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आउँदै गरेको दशैँ, तिहार र छठ पर्वलक्षित फेष्टिभ डिलाइट २०८१ योजना सार्वजनिक गरेको छ । ग्राहकहरूको चाडपर्वलाई हर्षोल्लासपूर्ण बनाउन हुन्डाईले यो योजना ल्याएको हो ।

विगतका वर्षहरूमा गाडीका साथै अन्य आकर्षक उपहारहरू दिँदै आएको कम्पनीले यस वर्ष पनि सोही परम्परा कायम राख्दै १ जनाले हुन्डाई मेड इन नेपाल हुन्डाई भेन्यु लक्की ड्र प्राप्त गर्न सक्ने जनाएको छ । हुन्डार्ड फेष्टिभ डिलाइट २०८१ अन्तर्गत कुनै पनि हुन्डाई गाडीको खरीदमा रू १० लाखसम्मको आकर्षक नगद छुट, स्क्राच कार्ड मार्फत थप रू १ लाखसम्मको नगद छुटका साथै १ वर्षका लागि निःशुल्क सवारी बीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

यही ११ गते सुरु हुने नाडा अटो शो २०२४ मा बुकिङ्ग गर्ने ग्राहकहरूले पनि यस योजनाबाट लाभान्वित हुन सक्ने कम्पनीले जनाएको छ । नाडा अटो शो २०२४ मा हुन्डाईको स्टल भ्रमण गरेर सम्पूर्ण अवलोकनकर्ताहरूले हुन्डाईका विभिन्न उत्पादनहरूको अवलोकन गरी आफ्ना जिज्ञासाहरू पनि मेट्न सक्नेछन् । सबै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ सेवा उपलब्ध छ ।

हाल हुन्डाई नेपालले ‘हुण्डाई टेस्ट ड्राइभ एण्ड विन’ अभियान पनि चलाइरहेको छ । जसले सवारीसाधनको विविधता प्रदान गर्दछ र ग्राहकहरूसँग भर्खरै लन्च भएको हुन्डाई क्रेटा र मेडइननेपाल हुन्डाई भेन्यु र टेस्ट ड्राइभ गर्ने रोमाञ्चक अवसर छ । प्रत्येक टेस्ट ड्राइभमा एक भाग्यशाली विजेतालाई एक माइक्रोवेभ ओभन र फ्रिज प्राप्त गर्र्नेछन् ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपालभर १६ शोरूमहरू, १९ सर्भिस सेन्टरहरू तथा ४३ भन्दा बढी चार्जिङ पोइन्ट मार्फत ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ ।

Logo