लञ्चको तयारीमा अपडेटेड जुपिटर ११०

लञ्चको तयारीमा अपडेटेड जुपिटर ११०

केन्द्रबिन्दु
168
Shares

काठमाडौँ । टीभीएसले अपडेटेड जुपिटर ११० स्कुटरलाई लञ्चको तयारी गरेको छ । कम्पनीले सामाजिक सञ्जालमा सेयर गरेको तस्बिरमा स्कुटरको अगाडिको एप्रोनको एक भागलाई देखाइएको छ ।

पुनः डिजाइन गरिएको जस्तो देखिने यसमा दुबै छेउमा एकीकृत टर्न इन्डिकेटर सहितको एलईडी डीआरएल स्ट्रिप रहेको छ ।

यसमा यूएसवी चार्जर, ब्लुटुथ कनेक्टिभिटी, एलईडी हेडल्याम्प र टेललाइटसहितको डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल उपलब्ध हुने अपेक्षा गरिएको छ । स्कुटरको प्राविधिक विवरणहरू अझै अस्पष्ट नभए पनि यसमा पहिलेको जस्तै १०९.७ सीसी सिंगल सिलिन्डर इन्जिन प्रयोग हुनेछ । सो इन्जिनले ८ बीएचपी पावर र ९ एनएम टर्क जेनेरेट गर्दछ ।

Logo