मल्टी ब्रान्ड शोरुममा जानुस्, जुनसुकै ब्रान्डका इलेक्ट्रिक स्कुटरको मर्मत तथा सर्भिसिङ गर्नुस्

मल्टी ब्रान्ड शोरुममा जानुस्, जुनसुकै ब्रान्डका इलेक्ट्रिक स्कुटरको मर्मत तथा सर्भिसिङ गर्नुस्

केन्द्रबिन्दु
210
Shares

काठमाडौँ । नेपालमा करिब ४० भन्दा बढी ब्रान्डका इलेक्ट्रिक स्कुटर तथा ई–साइकलको कारोवार हुँदै आएको छ । भक्तपुरको लोकन्थली–जडिबुटीस्थित जम्बो इको भेइकलको मल्टी ब्रान्ड शोरुमले विश्व प्रसिद्ध लेभनिङ र एमडीकेए अन्तर्गत डिओ सिक्स जस्ता उच्च गुणस्तरीय ब्रान्डहरू बिक्री गर्दै आएको छ ।

यीबाहेक आइडिया, अरोमा, एसवे, एसवे मिनी, मियामा, स्लङ जस्ता विभिन्न ब्रान्डका इलेक्ट्रिक स्कुटर तथा ई–साइकल बिक्रीवितरण गर्दै आएको शोरुमले बिक्रीपश्चात्को सेवा दिइरहेको छ । जसअन्तर्गत जुनसुकै ब्रान्डका इलेक्ट्रिक स्कुटरको मर्मत तथा सर्भिसिङ गरिन्छ । जम्बो इको भेइकलका प्रमुख कार्यकारी अधिकृत सन्तोष न्यौपानेका अनुसार त्यहाँ छुटसहित सुलभ मूल्यमा १५० किलोमिटरसम्म गुड्ने नयाँ तथा पुराना (सेकेन्ड ह्याण्ड) ई–स्कुटरहरू उपलब्ध हुनुका साथै फाइनान्सको सुविधा, शून्य प्रतिशत ब्याजदरमा ८५ हजार देखि ३ लाख २० हजार रुपैयाँसम्मका स्कुटरहरू समेत उपल्ब्ध रहेका छन् ।

Logo