रवि लामिछानेसँग सहकारी छानबिन समितिले आज बयान लिने

रवि लामिछानेसँग सहकारी छानबिन समितिले आज बयान लिने

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । आज पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई संसदीय छानबिन विशेष समितिले बोलाएको छ । सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा गठित समितिले लामिछानेलाई बयान लिनका लागि बोलाएको हो ।

समितिका सभापति सूर्य थापाका अनुसार लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको हो । बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । तर समितिले लामिछानेलाई दिउँसो २ बजेको समय दिएको छ ।

Logo