सबैभन्दा कम उचाइबाट उच्च उचाइको सडकमा भारत बुक अफ रेकर्ड्समा एमजी हेक्टरको कीर्तिमानी

सबैभन्दा कम उचाइबाट उच्च उचाइको सडकमा भारत बुक अफ रेकर्ड्समा एमजी हेक्टरको कीर्तिमानी

केन्द्रबिन्दु
140
Shares

काठमाडौँ । एमजीको लोकप्रिय एसयूभी हेक्टरले भारतमा आफ्नो ५ औँ वार्षिकोत्सव मनाएको छ । यस क्रममा हेक्टरले महत्त्वपूर्ण उपलब्धी हासिल गरेको छ ।

हेक्टरले सबैभन्दा कम उचाइबाट सबैभन्दा उच्च उचाइसम्मको सडक यात्रा शीर्षकमा भारत बुक अफ रेकर्ड्समा आफ्नो नाम लेखाउन सफल भएको छ । केरलाको कुट्टानाडबाट २७ जुलाई २०२४ मा सुरु भएर ३० जुलाई २०२४ मा लद्दाखको उम्लिंगलासम्म उक्त यात्रा गरिएको थियो । एमजी हेक्टले ६६ घण्टा ५८ सेकेन्डमा ३ हजार ८४६ किलोमिटर यात्रा गर्दै यो उपलब्धी हासिल गरेको हो । जसलाई सबैभन्दा छिटो कीर्तिमानी बनाएको भनिएको छ ।

हेक्टरलाई हाई स्ट्रेन्थ स्टील, हट–स्ट्याम्प गरिएको बी पिलर, बाक्लो ढोका प्यानल र रोल–फर्म गरिएको ट्युबुलर स्टील ढोकाहरूको साथ निर्माण गरिएको छ ।

यसमा ५ वटा एयरब्याग, ३६०–डिग्री एचडी क्यामेरा, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम (ईएसपी), ट्र्याक्सन कन्ट्रोल सिस्टम (टिसिएस), हिल असिस्ट कन्ट्रोल (एचएसी), चारवटै चक्कामा डिस्क ब्रेक, सबै सिटहरूका लागि थ्री–प्वाइन्ट सिट बेल्ट, इलेक्ट्रिक पार्किङ ब्रेक र अगाडि पार्किङ सेन्सरहरू छन् । एमजी हेक्टरमा भारतकै सबैभन्दा ठूलो ३५.५६ सेमी (१४ इन्च) लामो इन्फोटेन्मेन्ट सिस्टम राखिएको छ ।

Logo