बीएडब्लू ब्रम्बी ईभी किन्दै हुनुहुन्छ ? नेपालमा यसको मूल्य थाहा पाउनुहोस्

बीएडब्लू ब्रम्बी ईभी किन्दै हुनुहुन्छ ? नेपालमा यसको मूल्य थाहा पाउनुहोस्

केन्द्रबिन्दु
602
Shares

काठमाडौँ । बीएडब्लूको ब्रम्बी सिटी कार हो । यसमा ३० किलोवाटको मोटर र १७.२८ किलोवाट आवरको ब्याट्री छ । यो कारले सिंगल चार्जमा २०५ किलोमिटर रेन्ज दिने कम्पनीको भनाइ छ ।

नेपालका लागि आधिकारिक वितरक एलआरआर मोटर्सका अनुसार नेपाली बजारमा उपलब्ध हुने बीएडब्लूको यो ब्रम्बी ईभीको मूल्य २३ लाख रुपैयाँ हुने भएको छ । यसमा एलएफपी ब्याट्री रहेको छ । यसको लम्बाइ, चौडाइ र उचाइ क्रमशः ३५३२ एमएम, १४९८ एमएम र १६०५ एमएम रहेको छ । यसमा १५५–६५आर १३ साइजको टायर रहेको छ । सुरक्षाअन्तर्गत यसले फ्रन्ट कोलिजन र पोस्ट क्र्यास सेफ्टी सम्बन्धी विभिन्न टेस्टबाट सुरक्षा प्रमाणपत्र पाएको छ ।

यसको क्याबिनमा अन्य फिचरका अतिरिक्त १०.५ इन्चको इन्फोटेनेमेन्ट स्क्रिन रहेको छ । इन्टेलिजेन्ट टायर प्रेसर डिटेक्सन, फ्रन्ट र रियर पार्किङ राडार, ३६० प्यानोरामिक भ्यु र अन्य हाई–टेक सेफ्टी फङसन उपलब्ध रहेको यो कार भदौ दोस्रो सातामा सार्वजनिक हुने र सम्भवतः नाडा अटो शो २०२४ मा समेत यसलाई अवलोकन गर्न सकिने कम्पनीको भनाइ छ ।

Logo