राष्ट्रिय वाणिज्य बैंकले अटो लोन दिने, यस्तो छ नयाँ स्किम

राष्ट्रिय वाणिज्य बैंकले अटो लोन दिने, यस्तो छ नयाँ स्किम

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले अटो लोनसम्बन्धी नयाँ स्किम ल्याएको छ । बैंकले भदौ ११ गतेदेखि आयोजना हुने नाडा अटो शो र नजिकिँदै गएको चाडपर्वलाई लक्षित गरी ७ वर्षसम्म स्थिर रहने ब्याजदरमा उक्त लोन दिन लागेको हो । यो स्किम कार्तिक मसान्तसम्म लागू हुने जनाइएको छ ।

‘आरबीबी भेहिकल लोन फेस्टिभ अफर’ नाम दिइएको उक्त योजनामा ग्राहकले जम्मा ७.७७ प्रतिशत ब्याजदरमै अटो लिन सक्ने भएका हुन् । बैंकले विद्युतीय कारमा ८० प्रतिशतसम्म र पेट्रोल कारमा व्यक्तिलाई ५० तथा संस्थालाई ७० प्रतिशतसम्म लोन सुविधा उपलब्ध गराउने बताइएको छ ।

तर यसरी कर्जा दिँदा ग्राहकले सेवा शुल्क तिर्नुपर्ने भएको छ । जसमा ग्राहकले ०.५० प्रतिशत भुक्तानी गर्नुपर्ने जनाइएको छ । बैंकका देशभर रहेका जुनसुकै शाखाबाट यो कर्जा सुविधा उपलब्ध रहेको बैंकले जनाएको छ ।

Logo