एकैदिनमा १०० वटा बीवाईडी गाडी डेलिभरी, यसकारण पर्‍यो ग्राहकको रोजाइमा

एकैदिनमा १०० वटा बीवाईडी गाडी डेलिभरी, यसकारण पर्‍यो ग्राहकको रोजाइमा

केन्द्रबिन्दु
532
Shares

काठमाडौँ । नेपालका लागि बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले एकैदिनमा १०० वटा बीवाईडी गाडी डेलिभरी गरेको छ । गाडी बुकिङ गरेर बसेका १०० जना ग्राहकलाई एट्टो ३ र डल्फिन ईभी डेलिभरी दिइएको हो । ग्राहकहरूले गत साउन ३१ गते बुकिङ गरेका गाडी साइमेक्स इंकले देशभर रहेका आफ्ना डिलरमार्फत एकैदिन डेलिभरी दिएको हो ।

नेपाली बजारमा बिक्री सुरु भएको बीवाईडी प्यासेन्जर कारको डेलिभरीले नेपालमा बीवाईडी गाडीको लोकप्रियता बढ्दै गएको स्पष्ट हुन्छ । बीवाईडीले नेपाल ल्याएको एट्टो ३ र डल्फिन प्योर ईभी, ईभी डेडिकेटेड प्लेटफर्मममा उत्पादन भएका इलेक्ट्रिक कार हुन् । यी दुई कारलाई कम्पनीले बीवाईडी आफैँले विकास गरेको ई–प्लेटफर्म ३.० मा निर्माण गरेको हो । यो प्लेटफर्मलाई कम्पनीले प्योर इलेक्ट्रिक भेइकल उत्पादनका लागि विशेष तवरले विकास गरेको नेक्स्ट जेनेरेशन प्रविधि भनेको छ ।

Logo