सीजी मोटर्सद्वारा एकै पटक १५ वटा किङ्गलङ्ग १४ सिटर इलेक्ट्रिक भ्यान हस्तान्तरण

सीजी मोटर्सद्वारा एकै पटक १५ वटा किङ्गलङ्ग १४ सिटर इलेक्ट्रिक भ्यान हस्तान्तरण

केन्द्रबिन्दु
140
Shares

काठमाडौँ । चौधरी ग्रुपअन्तर्गत सीजी मोटर्सले १५ वटा किङ्गलङ्ग १४ सिटर इलेक्ट्रिक भ्यान हस्तान्तरण गरेको छ । कम्पनीले काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी स्मार्ट सिटी यातायात प्रालिलाई एकैपटकमा १५ वटा किङ्गलङ्ग १४ सिटर इलेक्ट्रिक माइक्रो भ्यान हस्तान्तरण गरेको हो ।

सीजी मोटर्सका महाप्रबन्धक दिनेश पाण्डेले यति धेरै गाडी एकै पटकमा हस्तान्तरण गर्न पाउँदा सीजी मोटर्स परिवार अत्यन्तै हर्षित भएको बताएका छन् । स्मार्ट सिटी यातायात प्रालिलाई गाडी हस्तान्तरण गर्दा उनीहरूले वातावरण संरक्षणतर्फ लिएको कदमलाई हृदयबाटै धन्यवाद दिन चाहेको उनको भनाइ छ ।

‘आगामी दिनहरूमा वहाँहरू जस्तै अन्य यातायात व्यवसायीहरूलाई पनि वातावरणमैत्री इलेक्ट्रिक माइक्रो भ्यानको प्रयोग गर्न प्रोत्साहन गर्न चाहन्छौँ । बजारमा प्रचलित डिजेल भ्यानहरूसँग तुलनानै गर्ने हो भने इलेक्ट्रिक माइक्रो भ्यानहरूले अत्याधिक खर्चहरू पूर्ण रूपमा कटौती गरी धेरैभन्दा धेरै बचतको बाटो खोलिदिएको छ ।’ उनले भने, ‘प्रतिकिलोमिटरको अपरेटिङ्ग लागतको हिसाब गर्ने हो भने २ रुपैयाँभन्दा पनि कम हुन आउँछ । जसकारण हाम्रो यातायात व्यवसायीहरूले न्यूनतम् खर्चमा धेरै आम्दानी गर्न सकिन्छ।’

किङ्गलङ्ग १४ सिटर इलेक्ट्रिक कमर्सियल भेहिकलमा ५०.२३ केडब्ल्यूएचको ब्याट्री पाउन सकिन्छ । यसका साथै उक्त गाडीमा एबीएस, ईबीडी, १८० एमएम ग्राउण्ड क्लेरेन्स, १५ इन्चको टाएर, रिभर्स क्यामेरा, रिभर्स क्यामेरा विथ सेन्सर, एसी जस्ता विशेषताहरू पाउन सकिन्छ । उक्त गाडीलाई २० प्रतिशतबाट ८० प्रतिशत चार्ज गर्न ४५ मिनेट लाग्दछ । ग्राहकहरूको मागअनुसार किङ्गलङ्गको पानीपोखरी सोरुमसँगै नेपालभर थप २१ वटा सोरुमबाट सेल्स तथा सर्भिसिङको सुविधा लिन सकिनेछ । साथसाथै काठमाडौँमा तीन स्थानबाट सर्भिसिङको पनि सुविधा लिन सकिनेछ । नेपालभर १९१ भन्दा धेरै स्थानहरूमा चार्जिङ सेवा दिँदै आइरहेको छ ।

Logo