एई ४ : जिहोको उत्कृष्ट इलेक्ट्रिक स्कुटर अब नेपालमा

एई ४ : जिहोको उत्कृष्ट इलेक्ट्रिक स्कुटर अब नेपालमा

केन्द्रबिन्दु
238
Shares

काठमाडौँ । इलेक्ट्रिक स्कुटरमा अग्रणी जीहोले एई४ इलेक्ट्रिक स्कुटर नेपालमा सार्वजनिक गरेको छ । यो नयाँ मोडेलले स्मार्ट प्रविधि, उच्च पर्फर्मेन्स र दैनिक सहजताको अद्भुत संयोजन प्रदान गर्दै यात्रा अनुभवलाई सुधार गर्ने लक्ष्य राखेको छ । ऋषि ट्रेड सेन्टर मार्फत उपलब्ध एई४ले शहरी जीवनलाई वातावरणमैत्री ढंगले पनि सहज बनाउने छ ।

दक्षताका लागि डिजाइन
एई४को ३.० केडब्ल्यू मोटरले यात्राका लागि उपयुक्त शक्ति प्रदान गर्दै + ६५ प्रतिघण्टाको गति पुर्‍याउन सक्छ । यसको ३१ लिटरको भण्डारण क्षमता र फराकिलो एक्सएल सिटले यसलाई सहज र व्यावहारिक बनाउँछ, जसले व्यस्त जीवनमा आवश्यक आराम प्रदान गर्दछ ।

सुरक्षा र नयाँ प्रविधिको मेल
सुरक्षालाई प्राथमिकता दिँदै एई४मा रहेको एबीएस र ईटीसीए ले विभिन्न सडक अवस्थाहरूमा उत्कृष्ट नियन्त्रण प्रदान गर्दछ । अतिरिक्त सुविधाहरूमा कोलिजन वार्नि सिस्टम र स्लोप होल्डले प्रत्येक यात्रामा थप आत्मविश्वास प्रदान गर्दछ । स्कुटरको उन्नत एनएफसी कीलेस इन्ट्री प्रणाली र डिजिटल की, पासवर्ड, र मेकानिकलकी जस्ता बहुविधि अनलकिङ तरिकाहरुले सुरक्षा र सहजता दुवै प्रदान गर्दछ ।

न्यू जेनेरेसन ब्याट्री र कनेक्टिभिटी
यसको लिथियम ब्याट्रीले भरपर्दो रेञ्ज प्रदान गर्छ । जसमा ९० किमी वा १७० किमीको विकल्पहरू उपलब्ध छन् । यसको रिभर्स मोडले साँघुरा ठाउँमा चलाउन सजिलो बनाउँछ । चार्जिङ पोर्टहरूले उपकरणहरूलाई गन्तव्यसम्मै पुग्ने गरी चार्ज राख्न मद्दत गर्छ । अटो–कट अफ इन्डिकेटरहरूले सिग्नल व्यवस्थापनलाई सजिलो बनाउँदै सुरक्षामा थप योगदान दिन्छ ।

स्टाइलिश र स्मार्ट डिजाइन
नेबुला ह्वाइट, नेबुला ब्ल्याक, हेलिओस अरेन्ज, र भेलोसिटी ग्रे जस्ता आधुनिक रङहरूमा उपलब्ध यसले सडकमा विशेष प्रभाव पार्छ । यसको भी सेपको लाइटले दृश्यता सुधार मात्र होइन, स्कुटरलाई आधुनिक रूप पनि दिन्छ । जीहो नवीनतम टेक्नोलोजीको माध्यमबाट गतिशीलताको सिमानाहरूलाई धकेल्न समर्पित ब्राण्ड हो । गुणस्तर र प्रविधि विकासमा केन्द्रित रहँदै यसले आजको गतिशील जीवनको आवश्यकता पूरा गर्ने भरपर्दो र स्टाइलिश इलेक्ट्रिक स्कुटरहरू प्रदान गर्ने लक्ष्य राखेको छ ।

Logo